ओली सरकारले संबिधानलाई तहस नहसपारी लोकतन्त्रको धज्जी उडायो: नेता पाण्डे

20
SHARES
111
VIEWS

अछाम : प्रधानमन्त्री केपी शर्मा ओलिले गरेको संसद बिगठन कार्य असंवैधानिक ,अलोकतान्त्रिक भएको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता बद्री पाण्डेले बताएका छन् ।
प्रतिगमनका विरुद्ध नेपाली काङ्ग्रेस मंगलसैन नगरकार्यसमितिले अछामको आयोजनामा गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता पाण्डेले वर्तमान केपी शर्मा ओलि नेतृत्वको सरकारले संसद बिगठन गरेर नेपाली जनताको लामो संघर्स बाट स्थापित संबिधानलाई तहसनहस पारी लोकतन्त्रको धज्जी उडाएकोले नेपाली काङ्ग्रेस लोकतन्त्रको रक्षाका सडक आन्दोलनमा उत्रिएको बताए ।

मुलुकमा दुई तिहाइको कम्युनिस्ट सरकार हुदा पनि कम्युनिस्टले सरकार चलाउन नसकेकोले अब कम्युनिस्ट बाट जनताले कुनै अपेक्षा नगरेको बताए ।

भ्रष्टाचार, अनियमितता, दण्डहिनता, सर्वसत्तावाद लगायतका हज्जारौँ काण्डहरूमा सरकार चुर्लुम्म डुबेकोले यसका विरूद्ध जनतालाई जुट्न पनि नेता पाण्डेले आह्वान गरेका छन् ।

कांग्रेस अहिलेको परिस्थितीमा केवल प्रधानमन्त्री ओलीको मात्र विरोधमा नभई समग्र कम्युनिष्ट प्रबृत्तिकाविरूद्ध आन्दोलन गरेर जनतालाई सचेत पारिरहेको उनले बताए ।

नगर सभापति पुष्पराज भण्डारीको सभापतित्वमा भएको कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेस अछामका पाटी सभापति भरत कुमार स्वार रहनु भएको थियो ।

कार्यक्रममा पुर्व सांसद अक्कल बहादुर बिष्ट ,पुर्व पाटि सभापति पुष्प बहादुर शाह,मेघराज खड्का ,महासमिति सदस्य देबराज देबकोटा,बलबहादुर कुवर,अनुराधा स्वार,पाटी उप सभापति चन्द्र प्रसाद ढुङ्गाना, जिल्ला समन्वय समितीका उपप्रमुख टोप बहादुर रावल,नेपाल विद्यार्थी संघ अछामका सचिव बम बहादुर स्वार,तरुण दल अछामका उपाध्यक्ष जङी जनार्दन बिष्ट ,
लगायतले बिरोध मन्तव्य राखेका थिए ।

नगर उपसभापति राजेश बाबु बोगटीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन नगर सचीव हिरण्ड बोहराले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार