पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय

19
SHARES
108
VIEWS

काठमाडौं – आगामी पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन २ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विजय प्राप्त गरेका स्थानीय तहहरू कचनकवल र हल्दिवारी गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।

यी दुवै गाउँपालिकाले सदाझैं यसवर्ष पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको समाचारले हर्षित र गौरवान्वित भएको राप्रपा नेता राजेन्द्र लिङ्देनले ट्विटरमा लेखेका छन् ।

राप्रपाले पृथ्वी जयन्तीलाई भव्यताका साथ मनाउने माग गरेपनि संघीय सरकारले भने सार्वजनिक बिदा हटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार