काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अत्यन्तै विश्वासपात्र तथा सभामुख अग्नि सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकमा नेकपाभित्र विद्रोह सुरू भएको छ ।
नेकपा विभाजन भएर असन्तुष्ट बनेका स्थानीय नेता कार्यकर्ता विद्रोह गरेर कांग्रेसमा प्रवेश गरिरहेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका–५ खोलाखर्कबाट ७० जना नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
कांग्रेसका नवप्रवेशीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र सुनकोशी गाउँपालिकाका अध्यक्ष विनोद जिसीले खादा तथा टीका लगाएर स्वागत गरेका छन् ।
Discussion about this post