अछाममा सोमबार थप २३ जनाले कोरोना जितेका छन् । कोरोना सङ्क्रमण भएर होम आइसोलेसनमा उपचाररत जिल्लाका विभिन्न स्थानीय तहका गरी २३ जनाले कोरोना जितेका हुन ।
जिल्लामा अब कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० जनामा झरेको छ ।
अछाममा हालसम्म १६ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १६ सय ८ जना कोरोना सङ्क्रमित स्वस्थ भएर घर फर्की सकेका छन् ।
भने सक्रिय सङ्क्रमित ४० जना होम आइसोलेसनमा उपचाररत रहेका छन् ।
अछाममा ५ जनाको कोरोनाकै कारण ज्यान गैसकको छ ।
Discussion about this post