अछाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य एवं पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल गृह जिल्ला एक्लिदै गएका छन ।
रावलकाे गृह जिल्ला अछामको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा विजयी सांसद यज्ञ बोगटी प्रधानमन्त्री केपी शर्मा ओली समूहतिर लागेका छन्।
अछाम निर्बाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा विजयी सांसद यज्ञ बहादुर बोगटीले नेकपाको केन्द्रीय सदस्यको सपथग्रहण गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी विनास बालुवाटारमा भएको एक कायक्रममा आफुले सपथ ग्रहण गरेको साँसद बोगटीले जानकारी दिनुभयो ।
नेकपाको बिभाजन पछि केहि दिन तठस्त रहेका बोगटी अन्तत प्रधानमन्त्री ओली समुहतिर सोझिएका हुन ।
बोगटीले भन्नुभयो‘नेकपाको आन्दोलन,संस्थापन मूलधारमा जानुपर्यो भन्दै मैलै ओली समूहलाई रोजेको हुँ।’यसअघि नेकपाको प्रधानन्त्री ओली समूहले उनलाई केन्द्रीय समिति सदस्य बनाएको थियो।
Discussion about this post