ओली सरकारका एक मन्त्रीले भने– अब भीम रावलका दिन समाप्त भए

15
SHARES
85
VIEWS

ओली सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावलमाथि खनिएका छन्।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला डोटी पुगेका आलेले सिलगढीमा आयोजित कार्यक्रममा उनले रावलको कटाक्ष गरेका छन्।

‘भीम रावल कुसीबाट रोड पुगेका छन्। आफू सत्ता बाहिर हुँदा राष्ट्रियताका ठूला कुरा गर्ने, पदमा रहँदा चुँइक्क नबोल्ने रावलका दिन अब सकिए,’ आलले भने, ‘ठूलो नेता हुँ भन्ने डाक्टर रावलले पटक पटक सत्तामा पुगेर सुदूरपश्चिमका लागि के गरे?’

उनले रावलले १० लाख बजेट हाल्न नसकेको ठाउँमा आफ्नो पहलमा करोडौं बजेट विनयोजन भएको दाबी पनि आलेले गरे।

उनले आफूलाई सुदूरपश्चिम इन्चार्ज हुँ भन्नेले नेकपाको बैंक खाताबाट ३० लाख रुपैया चोरेर लैजाने काम गरेको आरोप उनले लगाएका छन।

उनले आफ्नो कार्यकालमा देश र सुदूरपश्चिम प्रदेशको स्मृद्धिका लागि नमूना काम गरेर देखाउने प्रतिवद्धता समेत व्यक्त गरे।

उनले प्रचण्ड–नेपाल समहूका नेताहरुलाई पुनः प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष ओलीसँगै फर्किएर आउन पनि आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार