होम साउद, अछाम । सामाजिक सुरक्षा तथा घट्ना दर्ता सुुदृढिकरण आयोजना अन्र्तगत ब्यक्तिगत घट्ना दर्ता सम्वन्धि एक दिने अभिमुखीकरण कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको हो ।
नगरका १४ वटै वडालाई पायक पर्ने गरि ९ स्थानमा राष्टिय परिचयपत्रको बिवरण संकलन शिविर सञ्चालन हुने र सोही समयमा मंगलसेन नगरपालिका मार्फत घट्ना दर्ता शिविर सञ्चालन हुने भएकाले त्यहाँ खट्ने स्वंसेवकहरुलाई अभिमुखिकरण गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय प्रमुख अतिथी रहनुुभएको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख उपाध्यायले स्वंसेवकहरुलाई शिविरमा गई नगरपालिकाले तोकेको कामकार्य प्रभावकारी रुपमा गर्न र शिविरलाई सफल पार्न आग्रह गर्नुभयो । सामाजिक सुरक्षा र ब्याक्तिगत घट्ना संग सम्वन्धित समस्या र गलत प्रबृत्तिलाई निरुत्साहीत गर्न भूमिका खेल्नुपर्ने उहाँको भनाई थियो ।
स्वंसेवकले तोकिएको जिम्मेवारी प्रभावकारी रुपमा बहन गरेमा आगामि दिनमा नगरबाट थप अवसर प्राप्त गर्न सहज हुने र त्यसका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
यस्तै कार्यक्रमका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले जुन उद्देश्यले शिविर आयोजना गरिएको छ, सो उद्देश्य पुरा गर्न स्वंसेवकको भूमिका महत्वपूर्ण हुने बताउनुुभयो ।
शिविरबाट ब्यक्तिगत घट्ना दर्ता गर्न छुटेका ब्यक्तिहरुको अभिलेख संकलन गर्न सहज हुने भन्दै सोडारीले घट्ना दर्ता कार्य राष्टियता संग पनि सम्वन्धित भएकाले जिम्मेवार भएर भूमिका निर्वाह गर्न स्वंसेवकलाई अनुरोध गर्नुभयो ।
सहभागिहरुलाई १५ दिन सम्म चल्ने शिविरमा गर्नुपर्ने काम, घट्ना दर्ताको महत्व, शिविरको उद्देश्य आदि बारे जनाकारी गराईएको थियो ।
१४ वटै वडाबाट गरि २४ जना स्वंसेवकको सहभागिता रहेको अभिमुखिकरण कार्यक्रमको सहजिकरण नगरपालिकाका एम आई एस अपरेटर एकेन्द्र बोगटी, होम साउद र फिल्ड सहायक दिल बहादुर केसीले गर्नुभएको थियो ।
Discussion about this post