निर्वाचन आयोग भन्छ, प्रधानमन्त्रीले झुटो बोल्नुभयो

28
SHARES
154
VIEWS

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारिकता र चुनाव चिह्न सूर्य माग गर्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा दिएको निवेदन कानुनी रित नपुगेकाले फिर्ता गरिएको दाबी गरेका छन्। तर निर्वाचन आयोगका अधिकारी र दाहाल–नेपाल पक्ष नेताले भने उक्त विषयमा कुनै निर्णय नभएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आफू निकटका प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट शुक्रबार सम्बोधन गर्दै नेकपाको आधिकारिक धार आफू भएको र चुनाव चिह्न सूर्य पनि आफ्नै भएको दाबी गरेका थिए।

यो कुरा भन्ने क्रममा उनले निर्वाचन आयोगमा दाहाल र नेपाल पक्षले पार्टीमा आधिकारिकता र चुनाव चिह्न सूर्य माग्दै दिएको निवेदन पनि खारेज गर्दै फिर्ता पठाएको दाबी गरेका थिए।

प्रवासी नेपाली एकता मञ्चका नेताहरूले बारम्बार सूर्य चुनाव चिह्न आफूहरूको हुनुपर्ने र त्यसले आगामी निर्वाचनमा पार्टीले राम्रो परिणाम ल्याउने भनेपछि ओलीले स्पष्ट पार्नुपर्ने भयो भन्दै निर्वाचन आयोगले दाहाल–नेपाल पक्षलाई सूर्य चिह्न दिन अस्वीकार गरेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार