राष्ट्रिय सभा पस्नुअघि प्रचण्ड भेट्न वामदेव खुमलटारमा, के भयो कुराकानी ?

14
SHARES
75
VIEWS

काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न वामदेव गौतम खुमलटार पुगेका छन् । शुक्रबार खुमलटार पुगेका वामदेवले प्रचण्डसँग ४५ मिनेट कुराकानी गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा विभाजन भएको छ । तर, वामदेव कतै लागेका छैनन् । वामदेव भने नेकपा एकता समिति बनाएर पार्टी एकीकरणको अभियानमा लाग्ने भएका छन् । सोही क्रममा उनी प्रचण्ड भेट्न खुमलटार पुगेको बताइन्छ ।

वामदेव राजनीतिक दल विभाजनसम्बन्धी कानुनअनुसार नेकपा विभाजन हुन नसक्ने बताउँदै आएका छन् । एउटा पार्टी एकीकरण भएको पाँच वर्षसम्म विभाजन गर्न नपाइने कानुनी व्यवस्था छ ।

प्रचण्डसँगको भेटवार्ता पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसा विघटनपछिको राजनीतिक घटनाक्रमको समीक्षा र आगामी कदमबारे केन्द्रित रहेको जनाइएको छ । वामदेवले ओलीको संसद् विघटनको विरोध गर्दै आएका छन् ।

आज राष्ट्रिय सभा बैठक बस्दैछ । सोही बैठकअघि वामदेव प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार