संघीयता खारेज गर्न ओली पक्षको प्रस्ताव

60
SHARES
333
VIEWS

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली समूहकी नेतृ निरूदेवी पालले संघीयता खारेज गर्नु पर्ने धारणा राखेकी छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा पालले प्रदेशहरू नेतालाई जागिर खुवाउने थलो मात्रै भएको उल्लेख गरेकी छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५, केन्द्रको मन्त्रिमण्डल बढीमा १५, सदस्यीय र भ्रष्टाचारीलाई जेलका कालकोठरीमा सडाउने आँट गर्नुस्। नेपाली जनताको मनमस्तिष्कमा सधैं बस्नु हुनेछ। मेरो व्यक्तिगत विचार,’ पालले फेसबुकमा लेखेकी छन्।

प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले २०७२ सालको संविधाननै असफल बनाउन लागेको आरोप लागेका बेला उनीनिकट नेताले सार्वजनिक रूपमै संघीयता खारेज गर्नुपर्ने सुझाव दिएकी हुन्। पहिलो पटक २०७२ सालमा ओली प्रधानमन्त्री हुँदा पाल प्रधानमन्त्रीको सल्लाहकार समूहमा थिइन्।

संघीयता नै खारेज गर्नुपर्छ भनेर आफुले पहिलो पटक नभनेको पनि उनको प्रष्टीकरण छ। ‘मैले तीन वर्ष पहिला पनि भनेको छु,’ पालले भनिन्, ‘मलाई कसैले कारबाही गरे पनि गरुन्, वास्तवमा यो संघीयता कामै छैन। नेतालाई जागिर खुवाउने ठाउँ मात्रै हो । जनताले अधिकार चाहेका हुन्। दार्चुलाको मान्छे काठमाडौं आउन नपरोस्, अधिकार तलै पुर्याइदेयोस् भन्ने हो।’ लोकपाटी न्यूजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार