काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५३४ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।
जसमा ६ हजार ३७८ सक्रिय संक्रमित रहेका छन । त्यस्तै थप ९ संक्रमितको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८५६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म २ लाख ५२ हजार ३५९ जनाले कोरोनालाई जितेका छन् ।
Discussion about this post