काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा गर्नेगरी निर्वाचन घोषणा गरेसँगै ओली सरकारको आयुका बारेमा प्रश्न उठ्न थालेको छ ।
बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपनि निर्धारित समयमा निर्वाचन नभएमा ओली सरकार रहन मिल्छ की मिल्दैन भन्ने बहस चलिरहेको छ ।
सरकाले भने आफ्नो आयु बैशाखसम्म मात्रै हो नभनिरहेका बेला नेकपाको अको पक्षका नेताहरुले बैशाखपछि ओली सरकारको आयु सकिने दावी गरेका छन् ।
प्रचण्ड–नेपाल समुहले आयोजना गरेको विरोध प्रदर्शनमा बोल्ने क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने बैशाखपछि ओली सरकार अन्त्य हुने घोषणा गर्नुभयो ।
तर ओली पक्षीय नेताहरु भने त्यो मान्न तयार छैनन । उनीहरुले बैशाखमै निर्वाचन हुने र फेरी पनि ओलीकै नेतृत्वमा सरकार बन्ने दावी गर्छन ।
ओली पक्षीय नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बैशाखमा निर्वाचन भएपछि ओली सरकारको नभई प्रचण्ड नेपाल समूहको औचित्य सकिने जवाफ दिन्छन् ।
सरकारी पक्षले बैशाखमै निर्वाचन हुने दावी गरेपनि आम नागरिक भने त्यो पत्याउन तयार छैनन ।
उनीहरुले बैशाखमा निर्वाचन पनि नहुने र बैशाखपछि ओली सरकार रहन पनि नमिल्ने तर्क गर्छन ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको बुझाईमा ओली सरकार त अहिले पनि अवैधन नै हो ।
त्रिपाठीले भने झै निर्वाचन समयमै नहुने हो भने ओली सरकारको औचित्य माथी प्रश्न त स्वभाविक रुपमा उठ्छ ।
तर त्यस पछि ओलीले सरकार छाड्लान भन्ने संकेत भने देखिदैन । त्यसले अर्को द्धन्द्ध निम्त्यउने संभावना छ ।
Discussion about this post