काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बाहिर पार्टी भेलामा पहिलोपटक आज सम्बोधन गर्दैछन् ।
पार्टीको भेला, बैठक बालुवाटारमै गर्दै आएका ओलीले सूदूरपश्चिम प्रदेशका काठमाडौंमा उपलव्ध नेता कार्यकर्ताहरुको भेलालाई आज सम्बोधन गर्न लागेका हुन् ।
नेकपा सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले आज दिनको १२ बजे बरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रमलाई ओलीले सम्बोधन गर्दैछन् ।
संसद विघटनपछि भएका सबै बैठक, भेलाहरु बालुवाटारमै भएका थिए ।
पहिलोपटक ओलीले बालुवाटार बाहिर आयोजित कार्यक्रमलाई सम्बोधन गर्न लागेका हुन् ।
सोही पार्टी प्यालेसमा प्रचण्ड–माधव समूहले यसअघि दुई दिन केन्द्रीय समिति बैठक गरेको थियो ।
सोही बैठकबाट ओलीलाई कारवाहीको निर्णय गरेको थियो ।
सो भेलामा सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीका जनसंगठनको तर्फबाट काठमाडौं उपत्यकामा उपलव्ध नेता तथा कार्यकर्ताको उपस्थिति रहने जनाएको छ ।
Discussion about this post