१४ पुस ।
पोखरामा बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलो पटक टावर क्लाइम्बिङ सुरु भएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालीले पोखरा १७ रातोपैरामा बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलो पटक टावर क्लाइम्बिङ सुरु गरेको छ । ३५ मिटर अग्लो क्यान्टिलिभर टावरमा पूर्ण सुरक्षा सावधानीमा क्लाइम्बिङको संरचना तयार गरिएको अध्यक्ष सन्तोष भट्टराईले बताए । टावर क्लाइम्बिङ गर्न एक जनाको एक हजार रुपैयाँ तोकिएको छ ।
Discussion about this post