किसमिस पानि खानुका फाइदाहरु

20
SHARES
112
VIEWS

काठमाडौं । शरीरलाई स्वास्थ्य राख्न अति उपयोगी हुने किसमिसका गुणका बारेमा सायदै धेरै कमलाई थाहा होला । किसमिसको स्वादमात्र होइन यसको प्रभाव र गुण पनि स्वास्थ्यका लागी लाभदायक हुन्छ । किसमिस मात्र होइन, यसको पानी पनि अत्यन्त लाभदायक मानिन्छ । किसमिसको पानीले हाम्रो शरीरमा मेटाबलिज्मको स्तर नियन्त्रित गर्दछ ।

कसरी तयार पार्ने किसमिस पानी स्वास्थ्यका लागी फाइदाजनक हुने किसमिसको पानी तयार पार्न एक मुठि किसमिसलाई रातभर पानीमा भिजाएर राख्नु पर्दछ । बिहान सोहि पानीमा भिजको किसमिसलाई मिचेर पिउनु पर्दछ । अथवा २० मिनेटसम्म मन्द आँचमा किसमिसलाई उमाल्नु पर्दछ । र त्यसलाई रातभर छाडेर भोलिपल्ट बिहान पिउनु पर्दछ । तर स्मरण रहोस्, गहिरो रंगको किसमिस मात्र छानेर खानु पर्दछ । सफा वा चम्किलो किसमिसमा रसाइनको प्रयोग भएको हुनसक्छ । जो स्वास्थ्यका लागी हानिकारक हुन्छ ।
यस्तो छ, किसमिस पानीको फाइदा

१. हरेक बिहान किसमिस पानीपिउनाले विशेषतःपेट सम्बन्धी रोगबाट फाइदा पुर्याउँछ ।
यसको नियमित सेवनले कब्जीयत र एसिडिटीबाटसमेत छुटकारा पाउन सकिन्छ । यसले पाचन प्रणाली राम्रो बनाउँछ । साथै थकानबाट राहतपनि दिन्छ ।
२. अनियमित र बढेको कोलेस्ट्रोल लेवलका कारण बिभिन्न स्वास्थ्य समस्या भोग्नु पर्दछ । तर किसमिसको पानी पिउनाले यस प्रकारको समस्याबाट राहत मिल्दछ । किसमिस पानी हाम्रो शरीरमा ट्राईग्लिसेराइड्सको स्तर कमगर्न उपयुक्त मानिन्छ ।
३.किसमिसको पानीमा फ्लेवेनइड्स एन्टी अक्सीडेन्ट भरपुर मात्रामा पाइन्छ । यो हाम्रो छालामा आउने चाउरीपना कमगर्न लाभदायक मानिन्छ । बढ्दो उमेरमा चाउरीपनाबाट मुक्ति पाउन किसमिस पानीको सेवन अत्यन्त फाइदाजनक हुन्छ ।
४. किसमिस पानी अमाशयमा रस बनाउन असरदार मानिन्छ । यसको नियमित सेवनले मानिसको आमाशय स्वस्थ रहन्छ । शरीरमा मेटाबलिज्मको स्तर नियन्त्रित हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार