सेन्ट्रल फाइनान्सको १० प्रतिशत लाभांश घोषणा

28
SHARES
156
VIEWS

१३ पुस काठमाडौ । सेन्ट्रल फाइनान्स ले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
फाइनान्स सञ्चालक समितिको पुस १२ गते सम्पन्न २९६ औं बैठकले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जस अनुसार फाइनान्सले ८२ करोड ३३ लाख ९७ हजार ८५९ रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ बराबरको बोनस शेयर र २ करोड ४७ लाख १ हजार ९३५ रुपैयाँ ७७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनसपछि फाइनान्सको चुक्ता पूँजी ८८ करोड १० लाख ३५ हजार ७०० नाघ्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई फाइनान्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ ।
अघिल्लो आव २०७५र७६ बाट फाइनान्सले शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार