काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ।
विभागले काठमाडौँ उपत्यकामा आज पनि तापक्रम घटेको जनाएको छ ।
केही दिनदेखि नियमित तापक्रम घटेर हिजो बिहान न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको काठमाण्डौमा आज २ दशमलव ९ डिग्रीमा झरेको छ ।
अहिले काठमाण्डौ उपत्यकासहित पहाडी ठाउँहरुमा सामान्य कुहिरो लागेको छ ।
आज सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भेगका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।
तराईका जिल्लाहरुमा पनि अहिले बिहानबाट बिस्तारै हुस्सु र कुहिरो लाग्न सुरु भएको मौसमविदको भनाइ छ ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अहिले वाग्मती र गण्डकी प्रदेशको हिमाली ठाउँहरुमा पातलो कुहिरो लागेको छ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया आज सफा रहेको छ ।
आज दिउँसो भने प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मौसम बद्ली हुनेछ । आज राति भने प्रदेश नं १ बाहेका स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तो छ मौसमको पूर्वानुमान
पौष १३ गते (सोमबार)
दिउँसो : प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १४ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १५ गते (बुधबार)
दिउँसो : कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भु-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशका उच्च हिमाली भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भु-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
तापक्रम चिसो रहिरहने तथा तराई / पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
Discussion about this post