देशभर यस्तो रहनेछ आज दिनभरको मौसम

12
SHARES
67
VIEWS

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ ।

हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।

आजको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहनेछ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

देशका बाँकी भू–भागको मौसममा आंशिक बदली रहने विभागले जनाएको छ।

त्यसैगरी आज राती प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै देशका बाँकी भू–भागको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार