पेरिसडाँडाको पार्टी कार्यालय कब्जा गर्ने महेश बस्नेतको चेतावनी

14
SHARES
77
VIEWS

काठमाडौं । नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा नलगाउन चुनौती दिनुभएको छ ।

आज ललितपुर क्षेत्र नम्बर १ मा भएको भेलालाई सम्बोधन गर्दै उहाँले बल्खुमा रहेको कार्यालयमा आँखा लगाए तत्कालीन माओवादी केन्द्रको कोटेश्वर पेरिसडाँडामा रहेको पार्टी कार्यालय कब्जा गर्ने चेतावनी दिनुभयो ।

उहाँले पार्टीको निर्वाचन चिन्ह सूर्यमा आँखा नलगाउन पनि चेतावनी दिनुभयो ।

प्रचण्डको चुनाव चिन्ह हँसिया हतौडा भएकाले माधव नेपाल र झलनाथ खनालाई सोही चिन्हमा चुनाव लडन भन्दै सूर्य चिन्ह केपी ओलीको रहेको उहाँले दावी गर्नुभयो ।

सूर्य चिन्हतिर आँखा नलगाउने अधिकार कसैको नभएको उहाँको भनाइ छ ।

ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गर्दै उहाँले निर्वाचन आयोग र सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गर्ने दावी गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार