अछाम । नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव क. लोकेन्द्र शाही लाई गिरफ्तार गरेको घटना प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले एक प्रेस बिज्ञापति प्रकाशन गर्दै अहिले सिङ्गो देश काेराेना महामारीका बिरुद्ध जुझिरहेकाे बेला थाेरै पनि मानवीय संवेदनालाई ख्याल नगरी हाम्रो पार्टीका नेताकार्यकर्ता लाई गिरफ्तारी गर्नु दलाल सामाजिक फाँसिवादी सरकारको घाेर निन्दनीय र भर्त्सना याेग्य कार्य हाे।
याे मानवता बिरुद्धकाे अपराध भएको बताएको छ ।बिज्ञापतिमा भनिएको छ , यसकाे हामी घाेर निन्दा र भर्त्सना गर्दछौं। साथै लोकेन्द्र शाहीकाे यथासिघ्र ससम्मान रिहाइको माग गर्दछौं।
यदि उहाँलाई झुट्ठा मुद्दा लगाउने र हाम्रो गिरफ्तारीलाई निरन्तरता दिने कार्य दलाल सरकारले गरिरहेमा हामी त्यसको कडा प्रतिरोध गर्न बाध्य हुनेछौं।
जसको जिम्मेवारी स्वयं केपीबादल गिरोहकाे दलाल सामाजिक फाँसिवादी सरकारले लिनुपर्ने छ।
दलाल केपिबादल गिरोहको गृहप्रशासनले गिरफ्तार गरि पुरानो झुठ्ठा मुद्दाहरुमा फसाउने षड्यन्त्र गरेको पार्टी इन्चार्ज नवीन ले बताउनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव क. लोकेन्द्र शाही लाई मंगलसेन नगरपालिकाको वडा न ६ बाट पक्राउ गरेको हो ।
Discussion about this post