देशभर यस्तो रहनेछ आज दिनभरको मौसम

14
SHARES
80
VIEWS

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ ।

हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम २ डिग्री सेल्सियस रहेको छ ।

यो अहिलेसम्मकै चिसो अवस्था हो ।

आजको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना छ ।

त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

त्यसैगरी आज राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिक देखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार