काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच जना मन्त्री नियुक्त गर्नुभएको छ ।
रिक्त रहेको मन्त्री पदमा प्रधानमन्त्री ओलीले शुक्रबार पाँच जनालाई नियुक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले प्रभु साहलाई श्रम मन्त्रीको जिम्मेवारी दिनुभएको छ ।
त्यसैगरी, पर्यटन मन्त्रीमा मणि थापा, शिक्षा मन्त्रीमा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीले जिम्मेवारी पाउनुभएकाे छ ।
टोपबहादुर रायमाझी उर्जा मन्त्रीमा नियुक्त हुनुभएको छ ।
नवनियुक्त पाँचै जना मन्त्रीलाई आजै सपथ ग्रहण गराउने तयारी भएकाे बालुवाटार स्राेतले बताएकाे छ ।
Discussion about this post