काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।
नेकपा फुटको विवाद सेलाउन नपाउँदै प्रधानमन्त्री ओलीले खाली रहेका मन्त्रालयहरुमा पद पूर्ति गर्न मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
आजै साँझ ७ बजे बस्ने मन्त्रिपरिषद बैठकले यस सम्बन्धी निर्णय गर्ने तयारी गरेको प्रधाननमन्त्री निकट श्रोतले जानकारी दिए ।
मन्त्रिपरिषद विस्तारपछि थपिएका मन्त्तीहरुको सपथग्रहण पनि आजै गर्ने तयारी गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राति ८ बजे नयाँ मन्त्रीहरुलाई सपथग्रहण गराउने राष्ट्रपति कार्यालय श्रोतले बतायो ।
प्रधानमन्त्री ओलीले पार्टी विभाजनपछि आफ्नो पक्षमा आएका पूर्वमाओवादी खेमाका नेताहरुलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
जसमा टोप बहादुर रायमाझी ऊर्जामन्त्री, प्रभु शाह श्रममन्त्री, दावामणि थापा पर्यटनमन्त्री, दावा लामा शिक्षामन्त्री र गौरी शंकर चौधरी खानेपानीमन्त्री बन्न लागेको श्रोतले समाचार दैनिकलाई बताए ।
यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहा प्रचण्ड र माधवकुमार नेपाल खेमाका मन्त्रीहरुले आफ्नो पदबाट राजीनामा दिएपछि ती पदहरु खाली थिए ।
Discussion about this post