१० पुस काठमाडौ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्नका लागि पाँच सदस्यीय इजलास गठन गरेको छ।
जसमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको नेतृत्वमा बनेको संवैधानिक इजलासमा आज सुनुवाइ हुन लागेको हो।
सो इजलासमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी रहेका छन्।
बुधबार प्रधान न्यायाधीश जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रारम्भिक सुनुवाइ गरी सो विषयमा संवैधानिक प्रावधानको ब्याख्या गर्नुपर्ने भनी संवैधानिक इजलासमा पठाएका थिए।
Discussion about this post