ओली समुहले पनि हटायो प्रचण्डलाई, चार प्रदेशमा आफ्ना गुटका संयोजक तोकियो

8
SHARES
44
VIEWS

नेपाल कम्युनिष्ट पार्टीका दुई समूहले एक(अर्कालाई कारबाही गर्ने क्रम चलिरहेको छ । प्रचण्ड–नेपाल समूहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो।
बिहीबार बसेको ओली केपी शर्मा ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको छ। त्योसँगै उक्त समूहले प्रचण्ड–नेपाल समूहका प्रदेश इन्चार्जलाई जिम्मेवारीमुक्त गरेको छ। यसअघि प्रदेश १ का इन्चार्ज रहेका भीम आचार्यलाई हटाएर उनको ठाउँमा सुवास नेम्वाङलाई ल्याइएको छ।
प्रदेश २ मा सत्यनारायण मण्डल नै कायम छन्। उनी ओलीनिकट हुन्। बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ। गण्डकीमा पृथ्वीसुब्बा गुरूङ र लुम्बिनीमा शंकर पोखरेल इन्चार्ज यथावत छन्। यी दुई मुख्यमन्त्री ओलीनिकट हुन्। कर्णालीमा जनार्दन शर्मालाई हटाएर मणि थापालाई प्रदेशको जिम्मा दिइएको छ। थापा पूर्वमाओवादी समूहबाट आएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार