अर्को कदम चाल्ने ओलीको चेतावनी !

15
SHARES
83
VIEWS

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा पनि सरकार परिवर्तनको संकेत देखिए अर्को कदम चाल्ने चेतावनी दिएका छन् ।

योहो टेलिभिजनसँग कुरा गर्दै उनले बुधबार बेलुका यस्तो बताएका हुन् । प्रदेशमा अविश्वासको प्रस्ताव आउन सक्ने सम्भावना देखिएको हो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, “उहाँहरुले प्रदेशमा पनि कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्ने हुन्छ ।”

उनले यस अवधिमा मिलेरै जानुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रचण्डले पार्टीमा कारवाही गर्नु भनेको निकै हाँस्यास्पद भएको बताए ।

ओलीले प्रचण्डभन्दा अगाडिदेखि नै आफू राजनीतिमा लागेको भन्दै अहिले उनले कारवाही गर्न नमिल्ने बताएका छन्।

‘प्रचण्डले पार्टीमा मलाई कारवाही गर्नु भनेको निकै हाँस्यास्पद भएन र?, यो त घर भाडामा गएर बस्नेले घरबेटीलाई निकालेको जस्तै हो,’ उनले भने।

प्रधानमन्त्री ओलीले आफूलाई कसले कहाँबाट निकाल्छ भन्ने कुराको कुनै मतलब नभएको दाबी गरेका छन्। उनले आफूले कम्युनिस्ट आन्दोलनमा गरेको त्याग र तपस्याले यो हैसियतमा पुगेको बताए।

ओलीले प्रचण्डले आफूलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय चार्ली च्याप्लिनको जोक जस्तो भएको जिकिर गरे। बैंक्वेटमा भेला गरेर आफूलाई निकाल्दैमा जनताको मनबाट निकाल्न नसक्ने ओलीको भनाइ थियो।

‘तपाईंलाई हाँसो लाग्दैन ? प्रचण्डले मलाई यो पार्टीको सदस्यबाट निस्काशन गर्ने ? चार्ली च्याप्लिनको जोक भन्दा माथिल्लो हैसियतको लाग्दैन। प्रचण्डभन्दा कम्तिमा एक दशक अगाडि राजनीतिमा लागेका हुँ । एकदशक अगाडि पार्टी सदस्यता लिएको होला’, ओलीले भने।

यसैगरी ओलीले राजतन्त्रको माग गर्दै देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनलाई ‘रमाइलो’ को संज्ञा दिएका छन् ।

लोकतन्त्रमा आफ्नो भावना पोख्नु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालबाट चार पटक राजतन्त्र हटेको बताएका छन् ।

राजतन्त्रमाथि टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भने, “ओइलाएको बिरुवालाई पानी हाले पलाउन सक्छ तर, जरा समेत सुकेको बिरुवालाई पानीमै डुबाएपनि जीवित हुन सक्दैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार