देशभर २४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना ?

17
SHARES
94
VIEWS

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५५९ जनाको परीक्षणमा ४६४ पुरुष र २७९ जना महिला गरी ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९५२ रहेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४६ हजार ६६१ रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८०३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार