एक महिनादेखि आमा–छोरी बेपत्ता

26
SHARES
146
VIEWS

सल्यान : सिद्ध कुमाख गाउँपालिका–२ पेतिखोलाकी २४ वर्षीया निर्मला चलाउने उनकी तीन वर्षीया छोरी एक महिनादेखि सम्पर्कविहीन भएका छन्।

गत मंसिर ३ गते घरबाट बजार जान्छु भनी श्रीनगर आएकी उनी अझै घर नर्फिएको उनका श्रीमान अम्मर चलाउनेले बताए।

उनको साथमा नगद चार लाख समेत रहेको अम्मरको भनाइ छ। प्रहरीमा खोजीका लागि खबर गर्दा समेत अहिलेसम्म सम्पर्कमा नआएको चलाउनेको भनाइ छ।

बेपत्ता भएकी श्रीमती र छोरी खोजी दिन अम्मरले आग्रह गरेका छन्। उता प्रहरीले निर्मलाको खोजी भइरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार