स्वास्थ्य सेवा निर्देशक डा. गौचनद्धारा न्याय हेल्थ नेपालबाट राजीनामा

25
SHARES
138
VIEWS

अछाम । जीवनका उर्जावान १० बर्ष अछामको स्वास्थ्य क्षेत्र र अस्पतालमा उपचार गर्न आउने बिरामीका लागि सर्मपण गरेका डाक्टर विकास गौचनले राजिनामा दिएका छन् । न्याय हेल्थ नेपालद्धारा नेपाल सरकारसंगको साझेदारीमा सञ्चालित बयलापाटा अस्पतालको स्वास्थ्य सेवा निर्देशक पदबाट उनले राजिनामा दिएका हुन् ।

उनले राजीनामाका क्रममा आफ्नो दक्षता र क्षमताले अछाम सहित अस्पतालमा उपचारको लागि आउने बिरामीलाई निको पार्ने र सम्रग जिल्ला तथा प्रदेशको स्वास्थ्य क्षेत्र सुधार र प्रगतीको लागि सक्ने प्रयास गरेको बताएका छन् ।

स्वास्थ्य सेवामा प्रबेश गरेसंगै जीवनको उर्जावान ठुलो हिस्सा ओगट्ने १० बर्ष भन्दा बढी समय अछामका लागि सर्मपित गरेको भन्दै डाक्टर गौचनले यसको मुल्यांकन आफैले गर्नुभन्दा पनि यस क्षेत्रका सेवाग्राही, जनता र भबिष्यले गर्ला भनेर राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

मेरो योजना, लक्ष्य र भबिष्यको बाटो बयालपाटा अस्पताललाई एक दिर्घकालिन रुपमा गुणस्तिरिय सेवा प्रदान गर्ने नमुना अस्पतालका रुपमा स्थापित गर्न सहयोग गर्नुमा केन्द्रित थियो डा. गौचनले भने बाध्यबस त्यसबाट अलग हुनुपर्दा दुख महसुस भएको छ । यो निर्णय सहज नहुदाँ पनि आफुले न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालको स्वास्थ्य सेवा निर्देशक पदबाट राजिनामा दिएको उनले बताए ।

२०६७ साल श्रावण महिना देखि अछाममा पाएको बिशेष जिम्मेवारीबाट म अलग हुन लाग्दा धेरै दुख लागेको छ डाक्टर गौचनले भने तथापी यो अवधिमा मैले अछामबासी आम दाजुभाई, दिदिबहीनी तथा आमबुवाहरुको अपार माया, आदर र सम्मान पाउँदा आफुलाई सौभाग्यशाली र आजिवन आभारी हुनेछु ।

आफु संस्था र अस्पतालबाट अलग भएपनि अहिलेसम्म दिएका सेवाहरु दैनिक नियमित गर्न, गुणस्तर सुधार गर्न र बिरामी मुखी बलियो स्वास्थ्य प्रणाली बनाउन आआफ्नो ठाउँबाट साथ, सहयोग गर्न डाक्टर गौचनले सबैलाई आग्रह गरेका छन् ।

अछाम बसाईको क्रममा साथ, सहयोग र हौसल्ला प्रदान गर्ने सबै प्रति आभार व्यक्त गर्दै उनले अछामको स्वास्थ्य प्रणाली बलियो बनाउन आफ्नो तर्फबाट योगदान दिन आफु सधैँ कटिबद्ध र प्रतिबद्ध भएको बिश्वास दिलाएका छन् ।

बिज्ञप्तिको पूर्णपाठ

sudoor aaja

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार