काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाखमा चुनाव घोषणा गरेपछि निर्वाचन आयोग तातेको छ ।
निर्वाचन आयोगले सोमबार एक निर्णय गर्दै अर्को व्यवस्था नहुँदासम्म हाल संकलन हुँदै आएको मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ । निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा गडबडी गरिने भएकाले रोक्ने गरिन्छ ।
आयोगको सोमबार बसेको बैठकले नामावली संकलन स्थगित गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको नयाँ मिति घोषणा गरेको छ । ओली सरकारले निर्वाचनको तयारी गरेपनि नेकपासहित अन्य दलले संसद पुनःस्थापनाको माग गर्दै आएका छन् ।
Discussion about this post