चितुवा मृत अवस्थामा फेला

29
SHARES
160
VIEWS

६ पुस, काठमाडौं । बागलुङ नगरपालिका–१३ पैयुँपाटाको जलजला भन्ने ठाउँमा मृतावस्थामा चितुवा भेटिएको छ ।

वयस्क भाले चितुवा आज जलजलाको खरबारीमा मृत भेटिएको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीले बताए । बिहान स्थानीयवासीले खबर गरेका थिए । खरबारीमा मृत चितुवा देखेपछि वन कार्यालयको टोलीले मृत चितुवा उठाएर ल्याएको हो।’ के कारणले चितुवा म¥यो भन्न नसकिएको उनले बताए । चितुवाका शरीरमा कुनै चोटपटक छैन ।

मृत्युको कारण पत्ता लगाउन शव परीक्षण गरिएको र रिपोर्ट आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार