सिर्जना फुयाल ५ पौष, काठमाडौ
“लायन्स क्लब अफ काठमाडौ” , “छोरीका लागि छोरी नै अभियान” र मानबि क्रियटिभ एसाेसिएसन को सम्युक्त आयोजना मा चितवनको राप्ती न.पा. १० कोराक किरनटार र मकवानपुरको मनहरी गा.पा. ६ र ७ सुनाखरीमा जाडोकाे कपडा वितरण भएको छ ।
कपडा वितरण पौष ४ गते सनिबारका दिन गरिएको हाे । ३२५ बि १ लायन्स क्लब अफ् काठमाडौ सगुनकाे सङ्गिता सर्मा काे संयाेजकत्वमा जाडाेकाे कपडा वितरण भएको हाे । त्यस्तै सगुन परिवार , तार्केश्वर परिवारकाे संयुक्त सहकार्य रहेको छ । मकवानपुर र चितवन गरेर ५२ घरपरिवारका करिब ६०० जना को लागि तातो न्यानो कपडा वितरण गरेको हाे ।
जाडोकाे कपडाहरु सिरक ,टोपी,चप्पल/जुत्ता कोल्गेट लगायत बिभिन्न राहत सामाग्री बितरण गरेकाे पाइएको छ । कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको लाइन्स हङ्गर रिलिफका चिफ जनार्दन फुयालले बताउनु भएको हाे । तातो न्यानो कपडा लगाउन पाउँदा स्थानीय निकै खुसी रहेको स्थानीयकाे भनाइ रहेको छ ।
Discussion about this post