५ पुस काठमाडौ । सरकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राईको नाम सिफारिस गरेको छ।
संवैधानिक परिषद्को मंसिर ३० गते बसेको बैठकले अख्तियारको प्रमुख आयुक्तमा राईलाई सिफारिस गर्ने निर्णय गरिसकेको स्रोतको भनाई छ । सोही दिनको निर्णय अनुसार राईको नाम संसद सचिवालयमा दर्ता भएको स्रोतको भनाई छ ।
सरकारले संवैधानिक आयोगमा रिक्त रहेका पदमा नियुक्तिका लागि लागि संवैधानिक परिषदको बैठक बसे पनि गणपुरक संख्या नपुगेपछि अध्यादेश ल्याएको थियो। अध्यादेश ल्याएलगत्तै बसेको संवैधानिक परिषदको बैठकले राईको नाम प्रमुख आयुक्तमा सिफारिस गरे पनि निर्णय भने गोप्य राखिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संघीय संसदको प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते नयाँ निर्वाचन घोषणा गरेकी छन्। संसद विघटन भएसंगै अब राईको संसदीय सुनुवाई समेत नहुने भएको छ।
Discussion about this post