मेलमिलाप सम्बन्धी आठ दिवसीय तालीम सम्पन्न

36
SHARES
199
VIEWS

महेश प्रसाद रिमाल , कैलाली । दिगाे शान्तिका लागि उन्नत सम्बन्ध भन्ने नाराका साथ प्राकृति स्रोत दन्द रुपान्तरण केन्द्र नेपालको आयोजनामा भएको आठ दिवसीय आधारभूत तालिम सनिबार सम्पन्न भएको छ ।
प्राकृति स्रोत दन्द रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी कैलाली जिल्ला अदालतका न्यायाधीश टेक राज जोशी रहनु भएको थियो ।
मेलमिलाप प्रक्रियाले अदालतको काममा कमि आएको ले मेलमिलाप प्रकृया समाजमा शान्ती स्थापनामा सहयोग पुग्ने बताउनु भयो ।

प्राकृति स्रोत दन्द रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापाले मानिसको टुटेको हड्डीको उपचार गर्ने हजारौं अस्पताल छन तर टुटेको मन को उपचार गर्ने मेलमिलाप कर्ता नै भएकोले सम्पुर्ण मेलमिलाप कर्ता लाई निस्वार्थ निस्चल भावना ले समाज सेवा गर्न अनुरोध गर्नु भयो । टुटेका मन हरु लाई सिलाइ समाज मा शान्ती स्थापना गर्नु पुण्य कार्य भएकोले पुण्य कमाउन आग्रह गर्नु भयो ।

गाउँ घर समुदायमा भाइरहने सनो तिनो बिबाद समाधान को लागि मेलमिलाप कार्ता को आवश्यक पर्छ । मेलमिलाप कर्ता भनेको यस्तो ब्यक्तिहो जस्ले फाटेका मन हरु लाई सिलाउन सक्छ ।

सुदुरपस्चिम क्षेत्रीय संयोजक बल्लु राम चौधरीले आठ दिवसीय तालिममा सिकेका कुरा व्यबहार मा उतारी समाज सम्मुनत दिशा मा लैजानु हुने बिस्वास ब्यक्त गर्नु भयो र यो आठ दिन को तालिमले सहभागीहरुको जीवन नै परिबर्तन गर्ने बताउनु भयो ।

रास्टिय स्रोत ब्यक्ति सहेत रहनु भएका टंक भन्डारीले आफुले सिकेका सीप र ज्ञान् समाज म उतार्न अनुरोध गर्नु भयो । मेलमिलाप कर्ता को आचारसंहितामा पर्ने बिबाद समाजमा मिलाइ समाज परिवर्तन मा भुमिका रहने बिस्वास ब्यक्त गर्नु भयो ।

समापन कार्यक्रम मा ८ दिन सम्म तालिम लियका मेलमिलाप कर्ता हरु लाई प्रमाण पत्र उपलब्ध गरिएको छ ।

मङ्सिर २७ गते कैलाली जिल्ला अदालत श्रीमान न्यायाधीश जयनन्द पनेरु द्वार उदघाटन भएको कार्यक्रम मा कैलाली कन्चन्पुर अछाम डोटि डडेल्धुरा बाके र बर्दिया का माकुरा समूह का ४७ जना को सहभागिता रहेको थियो ।

कार्यक्रममा अन्य अतिथी हरु मा क्षेत्रीय सङ्योजक बल्लु राम चौधरी रास्टिय स्रोत ब्याक्ती टंक भन्डारी सहजकर्ता दीपक चौधरी प्रशिक्षक एबम अधिभक्ता गणेश कडायत रेडियो परिवर्तन एफ एम का स्टेसन म्यानेजर महेश रिमाल लगायत को सहभागी रहेको थियो । कार्यक्रम को सन्चालन क्षेत्रीय सङ्योजक बल्लु चौधरी ले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार