पार्टी बैठकमा नजाने प्रधानमन्त्री ओलीको संकेत

10
SHARES
55
VIEWS

काठमाडौं। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहानै आफू निकट नेताहरुसँग छलफलमा जुटेका छन्। स्थायी समिति बैठकलाई लिएर ओली छलफलमा जुटेका हुन्। नेकपा स्थायी कमिटि बैठक आज एक बजेका लागि तय गरिएको छ। तर बैठकमा ओली सहभागी हुने-नहुने अनिश्चित बनेको नेताहरू बताउँछन्।

ओली र नेताहरु सुवास नेम्वाङबीच अहिले छलफल भइरहेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल बालुवाटार पुग्न लागेको बुझिएको छ। शनिबार प्रचण्डलाई भेट्न खुमलटार पुगेका ओलीले पनि दुवै नेताको आरोपत्रको बारेमा सहमति कायम गरेर मात्र बैठक राख्न आग्रह गरेका थिए। तर प्रचण्डले भने पार्टीमा जति विवाद छन्, सबै विषयमा स्थायी कमिटीले नै निर्णय लिने जवाफ दिएका थिए।

शनिबार प्रचण्डलाई भने ओलीले बैठकमा आफू नआउने जवाफ दिएका थिए। प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नआउने चेतावनी दिएका ओलीले आइतबार प्रस्तावित बैठकमा जाने या नजाने भन्नेबारेमा आफू निकट नेताहरुसँग बिहानै परामर्शमा जुटेका हुन्। प्रचण्ड-नेपाल पक्षका पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आइतबारको बैठक रोकिने कुनै सम्भावना नरहेको बताए।

अब नेकपा बैठक विस्तारै निर्णायक चरणतर्फ प्रवेश गराउने दाहाल-नेपाल समूहको तयारी छ। अहिले संसद अधिवेशन नचलेका कारण अहिले नै कुनै कदम चाल्दा ओलीले त्यसको काउन्टरमा नयाँ अध्यादेश जारी गर्ने भएकाले प्रचण्ड-नेपाल समूह संसदसम्म कुर्ने पक्षमा छन्। संवैधानिक प्रावधान अनुसार अबको दुई हप्तामा सरकारले जसरी पनि संसदको अधिवेशन बोलाउनुपर्ने हुन्छ। अधिवेशन बोलाएपछि प्रधानमन्त्री ओलीले पार्टी विभाजनसम्बन्धी तथा अन्य अध्यादेश ल्याउन पाउने छैनन्।

शनिबारै ओलीले सचिवालय सदस्य तथा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलसमेतलाई भेटेका थिए। बादललाई प्रधानमन्त्री ओलीले साझा प्रस्तावको तयारी गर्न भनेका थिए। तर, गृहमन्त्री बादलबाट मूर्त जवाफ पाउन नसकेको स्रोत बताउँछ। पछिल्लो पटक नेकपा स्थायी कमिटि बैठक पुस एक गते बसेको थियो। उक्त बैठकले गरेको निर्णय अनुसार ओलीले अध्यादेश फिर्ता लिएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार