काठमाडौ । आगामी तीन दिन देशभरको मौसमको अवस्थाबारे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ ।
पुर्वी तराईका केही स्थानका साथै मध्य र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु, कुहिरो लागेको महाशाखाले जनाएको छ । प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार अर्थात आज दिउँसोको समयमा प्रदेश नम्बर १ र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा भने रातिको समयमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
सोमबारको मौसम
कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा दिउँसो आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
तर कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा राति भने आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने पूवार्नुमान छ ।
मंगलबारको मौसम
प्रदेश नम्बर १, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा दिउँसो आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूवार्नुमान गरिएको छ । त्यस्तै, प्रदेश नम्बर १ प्रदेशका पहाडी भूभागको मौसममा रातिको समयमा भने आंशिक बदली रही बाँकी केही भूभागमा मौसम सफा रहने अनुमान छ ।
Discussion about this post