नेकपाले स्थायी कमिटी बैठक भोलिलाई तय गरेको छ ।
बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली दौडधुपमा लागेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले ओली पार्टी फुटबाट बचाउन भगीरथ प्रयत्नमा लागेको बताएको छ ।
विभाजन उन्मुख पुगिसकेको नेकपालाई बचाउन प्रधानमन्त्री ओलीले कसरत गरेको उनीहरूको दाबी छ ।
प्रधानमन्त्री ओली शनिबार मध्याह्न प्रचण्ड निवास खुमलटार पुगे ।
त्यहाँ सार्थक वार्ता त भएन तर, प्रधानमन्त्री ओलीले प्रचण्डलाई आरोपपत्रहरू फिर्ता लिन आग्रह गरेको खुमलटार स्रोतले जानकारी दिएको छ ।
जवाफमा प्रचण्डले बैठकमै छलफल गरेर निष्कर्ष निकाल्नु पर्नेमा जोड दिएका थिए ।
प्रचण्डलाई भेट्न ओली खुमलटार पुगेपछि स्थायी कमिटी सदस्य भीम रावलले अरू सदस्यहरूले भेट्दा पुच्छर भए भन्नेहरू अप चुप लाग्छन् नि भन्दै ट्विटरमा टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, “बिहान प्रधानमन्त्री केपी ओलीजी प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ ।
वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ ।
हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्लुक्क उफ्रिँदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि ? नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो ।
” उनले सहमति नभए विधिबाट समाधान खोज्नुपर्ने पनि बताएका छन्
Discussion about this post