देशभर २४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना ?

11
SHARES
62
VIEWS

नेपालमा थप ७ सय १० जना कोरोना संक्रमित थपिएका छन्।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ४ हजार ७ सय ८० जनाको पिसिआर परीक्षण गर्दा ७ सय १० जनामा कोरोना पुष्टि भएको छ।
यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ६६ हजार २ सय १० पुगेको छ।

शनिबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ।
हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन्।

शनिबार मात्र १ हजार १ सय ७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार