सुत्ने बेलामा कहिल्यै नगर्नुस् यी ८ काम, हुनसक्छ यस्तो समस्या

37
SHARES
208
VIEWS

सुत्ने कोठा हाम्रो जीवनको महत्वपूर्ण स्थल हो । यहाँ हामीले दिनको २४ घण्टा मध्ये कम्तिमा ६ घण्टा भन्दा बढि नै विताउँछौं। तर यी सुत्ने कोठामा विभिन्न गलत काम गर्दा हामीलाई सुत्न समस्या हुन्छ। यहाँ सुत्ने समयमा गर्न नहुने ८ कामको चर्चा गरिएको छ।

१) सुत्ने बेलामा धुम्रपान गर्ने बानी छ भने आजै देखि छोड्नुस्। यसले तपाइलाई निद्रा नलाग्ने समस्या हुन सक्छ।

२) सुत्ने समयमा रक्सी पिउने आदत छ भने पनि खराव हो। यसले तपाइँको निद्रा खराव हुन्छ र विहान पनि ह्याङओभरको समस्या हुन्छ।

३) अनिद्राको कारण हाम्रो चिया कफीमा पाइने क्याफिन पनि हो । सुत्ने बेलामा कफी वा चिया खाने बानी छ भने आजै देखि छोड्नुस् ।

४) गुलियो खाएर सुत्ने बानी छ भने त्यो पनि राम्रो होइन । सुत्ने बेलामा चिनी हालेको खाद्य पदार्थ सके सम्म नखाएकै राम्रो।

५) सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ । यसले तपाइँको निद्रा विथोलिदिन्छ।

६) सुत्नु अघि तरल पदार्थको सेवन पनि नराम्रो मानिन्छ । यसले तपाइँलाई बारम्बार बाथरुम जानु पर्छ र निद्रा विथोलिन्छ।

७) विहान ढिलो उठ्नु छ भन्दैमा राति सम्म टिभी हेरेर बस्ने बानी पनि खराव छ। यसले स्वास्थ्य र निद्रा दुवैमा प्रतिकुल असर गर्छ।

८) राति सुत्नु अघि अफिसको काम बारे नसोंच्नुस् । यसो गर्दा तनावले निद्रा नलाग्ने समस्या हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार