विहेका लागि जन्ती लिएर पुग्दा दुलहीको घर पत्ता नलागेपछि …

35
SHARES
194
VIEWS

काठमाडौं । विवाह गर्न केटीको घर फेला पार्न नसकेपछि के हुन्छ ? एक तर्फ कोरोना महामारीको त्रास जारी रहेको छ । अर्कोतर्फ, विवाहको मौसम पनि सकिनै लागेको छ । यसैबीच, भारत, उत्तर प्रदेशको आजमगढमा दुलहाको विवाहको चाहना बर्बाद भएको छ । यसको कारण थाहाँ पाउँदा सबै हैरान भएका छन् ।

वास्तवमा, दुलहा र उसको परिवार, जो जन्ती लिएर गएका थिए । उनीहरुले रातभरी दुलहीको घर खोजे तर भेट्टाउन नसकेर फिर्ता आउँनुपर्यो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार आजमगढका यी युवकको १० डिसेम्बरमा मऊमा विवाह हुन लागेको थियो । विवाहको रात, दुलहा र उनको परिवार जन्तीको साथ दुलहीको घर गएका हुन् । तर, रातभर खोजेपछि पनि, दुलहीको घर फेला पार्न सकेनन् ।

लामो समयसम्म खोज्दा पनि बेहुलीको घर फेला पार्न नसकेपछि उनीहरु रित्तो हात्त फर्कन बाध्य भएका हुन् । त्यसपछि दुलहाका परिवारले विवाहमा लमीको काम गरेकी महिलालाई नियन्त्रणमा लिएका थिए । उनलाई पक्राऊ गरी नियन्त्रित बनाइयो । त्यस पछि, प्रहरी आयो र त्यहाँ धेरै हंगामा भयो । ती महिलाको दाबी छ कि केटीको परिवारले पनि उनलाई धोका दिएका हुन् ।

वरिष्ठ एसआई शमशेर सिंहका अनुसार दुलहाको परिवारले सम्बन्धको व्यवस्था गर्ने महिलामाथि गम्भीर आरोप लगाएका छन् । दुबै पक्षसँग वार्ताका आधारमा मुद्दा मिलाउने अवसर प्रदान गरियो । राती मात्र सम्झौता भएको थियो । जानकारी अनुसार लमीको काम गर्ने महिलाले ति केटाको परिवारलाई केटीसँग फेला पारेका थिए । केटाका परिवारका सदस्यहरू केटीको घरमा गएनन् । जब उनी जन्तिसहित पुगे तब केटीको घर फेला पार्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार