​९ महिनापछि आजदेखि काठमाडौं – दिल्ली हवाइ उडान

7
SHARES
40
VIEWS

२ पुस काठमाडौ । नेपाल वायु सेवा निगमले नौ महिनापछि आज देखि काठमाडौं दिल्ली उडान सुरु गर्दै छ। कोरोना संक्रमण त्रासको कारण गएको चैत ११ गतेदेखि बन्द रहेको काठमाडौं दिल्ली उडान नौ महिनापछि सुरु हुन लागेको हो।
निगमको एयरबस ए ३२० आज दिल्ली प्रस्थान गर्नेछ भने दिल्लीबाट पनि आजै एयर इन्डियाको एउटा जहाज काठमाडौँ अवतरण हुनेछ।

अब हरेक दिन काठमाडौं–नयाँदिल्ली गन्तव्यमा दैनिक दुई उडान हुने निगमले जनाएको छ। दुबै सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ अन्तर्गत पुनः उडान सुरु गर्न लागेका हुन्।
कोरोना संक्रमणको कारण नेपाल भारले २३ मार्चदेखि काठमाडौं–दिल्ली उडान स्थगित गरेका थिए। १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले ‘एयर बबल मोडल’ अन्तर्गत दिल्ली काठमाडौं उडान खुला गर्ने निर्णय गरेको थियो।

नेपालबाट दिल्ली जाने यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नुपर्ने नियम छ। त्यस्तै दिल्लीबाट काठमाडौं आउने यात्रुले अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ। निगमको जहाज ८ जना बिजनेस क्लास र १३८ जना इकोनोमिक क्लासका यात्रु लिएर दिल्ली उडानको तयारीमा रहेको कर्णले जानकारी दिए।
निगमले पुस ६ गतेखि काठमाडौं हङकङ उडान पनि सुरु गर्दै छ। काठमाडौंबाट हङकङ गएका यात्रुमा कोरोना पोजेटिभ पाइएपछि हङकङले दुई साताको लागि निगमको जहाजलाई प्रतिबन्ध लगाएको छ। १९ मंसिरदेखि सुरु भएको प्रतिवन्ध आजबाट सकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार