१ पुस, काठमाडौं । दुर्लभ बन्यजन्तु सालकको खपटासहित प्रहरीले एक जनालाई काठमाडौंको मित्रनगरबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले धादिङ छत्रे देउराली–६ घर भएका सुजन तामाङ उर्फ सुबासलाई पक्राउ गरेको हो । गाडी चलाएर जिबिकोपार्जन गर्ने सुबासलाई ग्राहकको भेषका प्रहरीले पक्राउ गरेका हुन् । उनको साथबाट ३ फिट ६ इन्च लामो सालकको खपटा बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले बताए ।
परिसरले थप अनुसन्धानका सुवासलाई लागी जिल्ला बन कार्यालय काठमाडौंको जिम्मा लगाएको छ ।
Discussion about this post