मनोज गजुरेलसँग विवाहको हल्ला चलेपछि नायिका वर्षाले भनिन्ः गजुरेल र मेरो बाटो अलग छ

21
SHARES
117
VIEWS

काठमाडौं । नायिका वर्षा शिवाकोटीले भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको बताएकी छन् ।

वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा समाचार आएपछि नायिका शिवाकोटीले सामाजिक संजाल मार्फत यस्तो बताएकी हुन । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै शिवाकोटीले भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले पत्रकारिता गर्नेमाथि प्रश्न समेत उठेको बताएकी छन्। “वर्षा शिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो । भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ । पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ ।”,

साथै उनले मनोज गजुरेलको र आफ्नो बाटो अलग रहेको बताउँदे नायिका शिवाकोटीले आफ्नो नाम जोडेर कुप्रचार नगर्न आग्रह समेत गरेकी छन् । आदरणिय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ? कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार