काठमाडौं । हाँस्य टेलिश्रृङ्खला ‘भद्रागोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ गर्भवती भएकी छन् । जसका कारण उनले गर्दै आएका कार्यक्रम पनि छोडेकी छन् । टेलिसिरियलमा जिग्रीको जोडीका रुपमा उनी निकै जमेकी छन् ।
उनको श्रीमानको बारेमा धेरै कुरा भने बाहिर आएका छैनन् । उनले श्रीमानको नामको ट्याटु पनि बनाएकी छन् । हाल उनी रियालिटी शो डान्सिङ वीथ द स्टारमा सहभागी भएकी थिइन् । तर गर्भवती भएकै कारण उनी सो बाट बाहिरिएको बताइएको छ । हालै एक युट्युव च्यानलसँको कुराकानीमा भद्रगोल टिमले यसबारे खुलासा गरेको छ । गर्भवती भएका कारण उनी अब छिट्टै पुनः प्रशारण हुन लागेको भद्रगोलमा समेत नदेखिने सम्भावना रहेको बताइएको छ । सिरियलमा हाँस्य कलाकारको भूमिका निमाउने रक्षाको मन निकै कोमल छ । भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन् । सानोतिनो कुरामा पनि तुरुन्तै रोइहाल्ने बानी उनी स्वयम्लाई मन पर्दैन । यसले रक्षालाई एउटा कुरामा भने फाइदा भएको छ । अभिनय गर्दा पनि उनलाई रुनका लागि ग्लीसिरिन चाहिदैन । ‘प्राय सुटिङमा म त्यत्तिकै रोइदिन्छु,’ रक्षाले भनिन् ।
एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् । राम्रो स्क्रिप्ट पाए मात्रै फिचर फिल्ममा काम गर्ने उनी बताउँछिन् ।
Discussion about this post