अछाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउदले नेकपाको बर्तमान सरकार पुर्णरुपमा असफल भएकोले शिघ्र निर्वाचन हुनुपर्ने जिकिर गर्नु भएको छ ।
अछामको साँफेबगरमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दे पुर्ब मन्त्री समेत रहनु भएका साउदले नेकपाको बर्तमान सरकारले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्न नसक्ने भएकाले यो सरकार छिटो भन्दा छिटो बिगठन हुनुपर्ने बताउनु भयो ।
नेता साउदले नेपाली काग्रेस नेकपासंग मिलेर सरकार बनाउछ की भन्ने हल्ला हल्ला मात्र भएको बताउनु भयो । आवाज भ्रष्टाचार,हिँसा,कुशासनका बिरुद्ध अब काग्रेस शसक्त भएर लाग्ने साउदले बताउनु भयो ।
उहाले काँग्रेसको धेर्यताको बाध अब टुटिसकेको र जनताले समेत काग्रेसको साथ खोजेको बताउनु भयो । कार्यक्रममा पुर्ब सुचना तथा सञ्चार राज्यमन्त्री गोबिन्द बहादुर शाहले कोरोना माहाकामरीका बेला समेत सत्तामोह र भ्रष्टाचारमा लिप्त हुने नेकपाको सरकार अहिलेसम्मकै निकम्मा सरकार भएको बताउनु भएको छ ।
अहिले सरकार प्रति नागरिकको बितृष्ण बढेकोले अबको निर्वाचनका नेपाली काग्रेस बहमतले बिजयी हुने दाबी गर्नु भयो ।जिल्ला पार्टी सभापति भरत कुमार स्वारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला पार्टी सचिब नम बहादुर शाहीले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य उपभापति चन्द्र प्रसाद ढुगानाले राख्नु भएको थियो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो।
Discussion about this post