​ठगीको आरोपमा रेमण्ड सपका सञ्चालक सहित चार जना पक्राउ

18
SHARES
102
VIEWS

२८ मंसिर, काठमाडौं । प्रहरीले ठगी आरोपमा सर्टिङसुर्टिङका चर्चित ‘रेमण्ड सपका सञ्चालक सञ्जय अधिकारीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकारीका छोरा समिरसहित सुवर्ण केसी र कृष्ण भट्टराई छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार अधिकारीसहितको समूहले नेपाली सेनाका लागि चाहिने ३५ हजार थान बुट खरिदको ठेक्का पाएको थियो, त्यसको कारोबारका लागि खोलिएको खाताबाट कीर्ते गरी रकम निकालिएको जाहेरी प्रहरीमा परेको छ ।‘रकम भुक्तानीका लागि फुट केयर इन्डष्ट्रीका नाममा प्रभु बैंकमा खाता खोलिएको सिंहले बताए । तर भुक्तानी नगरी सञ्चालन समिति नै फेरबदल गरेर दर्खास्त कीर्ते र विश्वासघात गरेको भन्दै जाहेरी आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।’

काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टका अनुसार अधिकारीले ४ करोड ८७ लाख रुपैयाँ ठगी गरेको जाहेरीमा उल्लेख छ । थप अनुसन्धान भइरहेको विष्टको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार