२८ मंसिर, काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९२ हजार ५० रुपैयामा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १२ सय रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Discussion about this post