बलात्कारपछि ७० वर्षीया वृद्धाको हत्या

20
SHARES
109
VIEWS

झापा, मंसिर २५ । झापाको मेचीनगर १३ स्थित चारआली नजिकै ७० वर्षीया एक वृद्धाको बलात्कारपछि हत्या भएको छ । अर्जुनधारा नगरपालिका–११ निवासी ७० वर्षीया वृद्धा माइना हस्दाको शव राजमार्गको पाउंपाथीभरा मन्दिर अगाडी कल्भर्ट मुनि फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जा पक्राउ परेका छन् । विर्जा आफैंले कल्भर्ट मुनि वृद्धाको शव फेला परेको भन्दै प्रहरीलाई खवर गरेको बताइएको छ । प्रहरीले विर्जालाई सोधपुछ गरेपछि उनी आफैंले बुधवार राति ती वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार