देशभर २४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना ?

6
SHARES
31
VIEWS

काठमाडौं, मंसिर २५ । नेपालमा पछिल्लो २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २३२ जनाको पीसीआर परीक्षण भएका छ । पछिल्लो २४ घण्टामा १०६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ जना पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३२८, ललितपुरमा ५१ र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार