अछाम । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका पौष ५ गते सम्मका लागी सिल गरिने भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिकामा फैलिँदो कोरोना सङ्क्रमण रोकथामका लागी गाउँपालिकालाई पौष ५ गते सम्म सिल गरिने भएको हो ।
गाउँपालिकाका सरोकारवालाको सयुत्त बैठकले बिहिवार राती १२ बजे देखी लागु हुने गरी पौष ५ गते राती १२ बजेसम्मका लागी गाउँपालिका सिल गर्ने निर्णय गरेका हुन् ।
बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदका अनुसार यस अवधिमा गाउँपालिका क्षेत्र भित्र औषधी पसल र अत्यावश्यकीय सेवा प्रवाह गर्ने कार्यालय बाहेकका निजी पसल तथा सरकारी कार्यालय पूर्ण रुपमा बन्द रहने छन् ।
यस्तै सरोकारवालाको सर्वपक्षीय बैठकले यस अवधिमा बान्नीगढी जयगढ गाउँपालिकाको हाइवे क्षेत्रमा चल्ने लामो दुरीका सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाउने निर्णय गरेको उपाध्यक्ष साउँदले बताउनुभयो ।
यस अवधिमा बान्नीगढी जयगढ गाउँपालिका क्षेत्र भित्रमा लामो दुरीका साधन आवत जावत गर्न बाहेक सवारी साधन रोक्न,चढाउन र उतार्न पाइने छैन । भने गाउँपालिकाका नागरिकलाई खाद्यान्न लगायत अत्यावश्यकता सामाग्री आवश्यक परेका स्थानीय प्रहरी प्रशासनसँग समन्वय गर्नुपर्ने छ ।
बान्नीगढी जयगढ गाउँपालिका कार्यालयमा भएको सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधि सरोकारवाला परे साउँद, पूर्ण शेट्टि लगायतको सहभागिता रहेको थियो ।
बान्नीगढी जयगढ गाउँपालिकाका ६ वटै वडामा गरी हाल सम्ममा १४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा हाल ४० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
सक्रिय सङ्क्रमितमा ४ महिला ३६ जना पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितमा अधिकांश बान्नीगढी जयगढ गाउँपालिकामा कार्यरत कर्मचारी रहेका छन् ।
Discussion about this post